आयरल्यान्ड ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाल विजयी

हिमाल प्रेस १२ चैत २०८० १६:१५ | Monday, March 25, 2024
आयरल्यान्ड ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाल विजयी

काठमाडौँ- आयरल्यान्ड ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको पहिलो खेलमा घरेलु टोली नेपाल ६ विकेटले विजयी भएको छ।  जितसँगै नेपालले दुई खेलको शृंखलामा १-० को अग्रता लिएको छ। शृंखलाको दोस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार आयरल्यान्डले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले ओभरमा १६.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालका लागि कुशल भुर्तेलले ३२ बलमा चार चौकाको मद्दतले अविजित ३७रनको योगदान गरे। यसैगरी सन्दीप जोराले ३६, दीपेन्द्रसिंह ऐरीले अविजित २० र आसिफ शेखले १६ रन बनाए।

चौथो विकेटका लागि कुशल र सन्दीपले ५४ रनको साझेदारी गरे आयरल्यान्डका लागि गारेथ डेलानीले दुई तथा थोमस मायस र बेन ह्वाइटले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट विकेट गुमाउँदै १२१ रनको योगफल तयार पार्‍यो। आयरल्यान्डका लागि स्पेटफन डोहिनीले ४९ बलमा चार चौका र दुई छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरे। यसैगरी थोमस मायस र लियम म्याकर्थीले समान १६, फियोन ह्यान्डले ११ रन बनाए।

नेपालका लागि कुशल भुर्तेल, ललितनारायण राजवंशी र गुल्सन झाले समान दुई तथा करण केसी र कुशल मल्लले सामन एक विकेट लिए।

प्रकाशित: १२ चैत २०८० १६:१५ | Monday, March 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast