आयरल्यान्ड ‘ए’ ले दियो नेपाललाई १२२ रनको लक्ष्य

हिमाल प्रेस १२ चैत २०८० १४:४५ | Monday, March 25, 2024
आयरल्यान्ड ‘ए’ ले दियो नेपाललाई १२२ रनको लक्ष्य

काठमाडौँ- आयरल्यान्ड ‘ए’ ले ट्वान्टी २० शृंखलाको पहिलो खेलमा नेपालसामू १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट विकेट गुमाउँदै १२१ रनको योगफल तयार पार्‍यो।

आयरल्यान्डका लागि स्पेटफन डोहिनीले ४९ बलमा चार चौका र दुई छक्काको मद्दतले सर्वाधिक ४६ रनकाे याेगदान गरे । यसैगरी टोमस मायस र लियम म्याकर्थीले समान १६, फियोन ह्यान्डले ११ रन बनाए।

नेपालका लागि कुशल भुर्तेल, ललितनारायण राजवंशी र गुल्सन झाले समान दुई तथा करण केसी र कुशल मल्लले सामन एक विकेट लिए।

प्रकाशित: १२ चैत २०८० १४:४५ | Monday, March 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast