आज कति पुग्याे सुनचाँदीकाे मूल्य?

हिमाल प्रेस १२ चैत २०८० ११:४७ | Monday, March 25, 2024
आज कति पुग्याे सुनचाँदीकाे मूल्य?

काठमाडाैँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार प्रतितोला १५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ सय १५ रूपैयाँमा काराेबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो।

प्रकाशित: १२ चैत २०८० ११:४७ | Monday, March 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast