यस्तो छ आजको विदेशी मुद्राका विनिमय दर

हिमाल प्रेस ११ चैत २०८० ७:१७ | Sunday, March 24, 2024
यस्तो छ आजको विदेशी मुद्राका विनिमय दर फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी र अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छैन। शनिबार कारोबार भएकै मूल्यमा आज पनि धेरै विदेशी मुद्राको कारोबार हुने नेपाल राष्ट्र बैंकले जनाएको छ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ।

आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। यो पनि हिजोकै कारोबार मूल्य हो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा निर्धारण भएको छ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ।

आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ २६ पैसा निर्धारण भएको छ।

प्रकाशित: ११ चैत २०८० ७:१७ | Sunday, March 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast