काठमाडौँमै फेला परे शंकास्पद वस्तु, सेनाको टिमबाट डिस्पोज

हिमाल प्रेस २ मंसिर २०७९ ६:१३
काठमाडौँमै फेला परे शंकास्पद वस्तु, सेनाको टिमबाट डिस्पोज

काठमाडौँ- काठमाडौँको बूढानीलकण्ठ र हाँडीगाउँस्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको छ। हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ।

बूढानीलकण्ठस्थित स्पेशल चोक र भत्केको पुलमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको प्रहरीले जनाएको छ।

बिहान करिव पौने ३ बजेतिर शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। निर्वाचन बिथोल्ने समूहले शंकास्पद वस्तु राखेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ मंसिर २०७९ ६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − fourteen =