क्यानडा पठाउने बहानामा चार बंगलादेशी नेपालमा बन्धक, चार जना पक्राउ

हिमाल प्रेस ९ चैत २०८० २२:२० | Friday, March 22, 2024
क्यानडा पठाउने बहानामा चार बंगलादेशी नेपालमा बन्धक, चार जना पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- बंगलादेशी नागरिकलाई वैदेशिक रोजगारको लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका चार जनाको उद्धार गरिएको छ।

विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राति उनीहरूलाई उद्धार गरी उक्त अपराधमा संलग्न चार जनालाई पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।

काठमाडौँ महानगपालिका-१६ पकनाजोलस्थित निभाना ग्रीन पिस होम नामक होटलको कोठामा बन्धक बनाएर राखेको अवस्थामा उनीहरूको उद्धार गरिएको हो। उनका अनुसार उक्त कार्यमा संलग्न रहेका बंगलादेशी नागरिक नुरूल हुडा, सामिम अहमद, एमडी मासुम बिल्लाह र प्रणय कुमारलाई पक्राउ गरिएको हो।

गिरोहले पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिई विभिन्न किसिमका धाकधम्की, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगदसमेत लगेर जबर्जस्ती बन्धक बनाइराखेको पीडितहरूले प्रहरीमा बयान दिएका छन्।

उनीहरूमाथि अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज (शुक्रबार) जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको पोखरेलले बताए। पीडितहरूलाई नेपालस्थित बंगलादेशी राजदूतावासमार्फत पठाइने जनाइएको छ।

प्रकाशित: ९ चैत २०८० २२:२० | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast