घट्यो सुनकाे मूल्य, ताेलाकाे कति?

हिमाल प्रेस ९ चैत २०८० १३:०२ | Friday, March 22, 2024
घट्यो सुनकाे मूल्य, ताेलाकाे कति?

काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक हजार तीन सयले घटेको हो।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो।

आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ। यस्तै तेजाबी सुन बिहीबार प्रतितोला एक लाख २७ हजार दुई सयमा कारोबार भएकोमा आज एक लाख २५ हजार नौ सय मूल्य कायम गरिएको हो।

चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला एक हजार पाँच सय ५५ मा कारोबार भएकोमा आज प्रतितोला एक हजार पाँच सय कायम गरिएको छ।

प्रकाशित: ९ चैत २०८० १३:०२ | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast