३.३४ अंकले घट्यो नेप्से परिसूचक

हिमाल प्रेस ७ चैत २०८० १५:३५ | Wednesday, March 20, 2024
३.३४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अंकको गिरावट देखिएको छ। बुधबार नेप्से परिसूचक ३.३४ अंकले घटेर दुई हजार ६३.९५ को बिन्दुमा कायम भएको हो।

विभिन्न तीन सय पाँच कम्पनीका ९४ लाख ४५ हजार छ सय ९७ कित्ता सेयर ६० हजार १६ पटक खरिदबिक्री हुँदा तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ बराबरको कारोबार भएको छ। कारोबारमा ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ४७ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ।

लघुवित्त समूह २.५१, म्युचुअल फन्ड ०.७५ र व्यापार समूह ०.०८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह १.४५ र अन्य समूह ०.६८ प्रतिशतले घटेको छ।

गुर्खाज फाइनान्स लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै गुमाउनेमा भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्य ९.३२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ को सेयर मूल्य ८.८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा बुधबरा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रु १९ करोड ५२ लाख ९७ हजार एक सय ५१ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने लक्ष्मी इक्विटी फन्डको सात लाख ५२ हजार तीन सय २१ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित: ७ चैत २०८० १५:३५ | Wednesday, March 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast