प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गरिँदै

हिमाल प्रेस २ चैत २०८० ७:४० | Friday, March 15, 2024
प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गरिँदै प्रतिनिधिसभाको बैठकमा सांसदहरू। फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ।  संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ। राष्ट्रियसभा बैठक भने बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ।

बैठकमा प्रतिनिधिसभाबाट उत्पति भएको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

संसद् सचिवालयकाे भनाइमा दुवै सदनमा आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने छ।

प्रकाशित: २ चैत २०८० ७:४० | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast