कालीकोटमा स्की तालिम

हिमाल प्रेस ३० फागुन २०८० १३:१३ | Wednesday, March 13, 2024
कालीकोटमा स्की तालिम

काठमाडौँ- नेपाल पर्यटन बोर्डको आयोजना र कर्णाली खेलकुद परिषद्‌को सहआयोजनामा कालीकोटमा स्की (हिउँमा चिप्लिने खेल) तालिम सुरू भएको छ।

गत सोमबारदेखि कर्णाली प्रदेश कालीकोट जिल्लाको त्रिवेणी पाटन छेतडीमा आधारभूत स्की तालिम सुरू भएको हो। यस तालिममा २५ जना प्रशिक्षार्थी, नेपाल माउण्टेन एकेडेमीका तीन जना प्रशिक्षक, स्थानीय पर्यटन व्यवसायीहरू सम्मिलित छन्।

तालिम आगामी सोमबार (चैत्र ५) गते सम्पन्न हुनेछ। त्रिवेणी पाटन क्षेत्र स्कीका लागि प्रचुर सम्भावना भए‌को क्षेत्र हो। स्कीका लागि वर्षभरी कम्तीमा सय दिन हिउँ र ३० सेमी हिउँ पर्छ।

यस क्षेत्र साहसिक पर्यटनका अनि स्कीको सम्भावनालाई उजागर गर्न यस तालिमको आयोजना गरिएको हो। उद्‌घाटन कार्यक्रममा बोर्डका प्रवन्धक विमल कँडेलले स्की साहसिक पर्यटनका लागि मात्र नभई हिमाली भू-भागमा विपद्‌का समयमा उद्धारका लागि पनि प्रयोग हुने भएकाले स्थानीयको सहभागितामा यस तालिम आयोजना गरिएको बताए।

प्रकाशित: ३० फागुन २०८० १३:१३ | Wednesday, March 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast