वडा सदस्यलाई मोबाइल वितरण गरौँ : उपसभामुख राना

हिमाल प्रेस २९ फागुन २०८० १८:०९ | Tuesday, March 12, 2024
वडा सदस्यलाई मोबाइल वितरण गरौँ : उपसभामुख राना इन्दिरा रानामगर। फाइल तस्बिर।

काठमाडौँ- उपसभामुख इन्दिरा रानाले प्रविधिमा महिलाको पहुँच पुग्न नसकेको बताएकी छन्। मंगलबार सिंहदरबारमा भएको एक कार्यक्रममा उनले प्रविधिमा महिलाको पहुँच पुर्‍याउने नारा लगाए पनि नाराअनुसार काम हुन नसकेको बताइन्।

उनले अहिले पनि विभिन्न वडा सदस्यहरूसँग एउटा मोबाइलको पहुँच नहुँदा सामान्य सूचनासमेत हेर्न र पढ्न नसक्ने अवस्था रहेको बताइन्। उनले राज्यले हरेक वडा सदस्यहरूलाई एउटा मोबाइल प्रदान गर्न आवश्यक रहेको बताइन्।

उनले निर्भिक भएर कलम चलाउने पत्रकारहरूको सुरक्षाका लागि सांसदहरूले बसह गर्न जरुरी रहेको बताइन्। उपसभामुख रानाले महिलाको हक अधिकारकारको सुनिश्तिता गर्न राज्यबाट आवश्यक बजेट छुट्याउनुपर्ने बताइन्।

प्रकाशित: २९ फागुन २०८० १८:०९ | Tuesday, March 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast