अमेरिकी प्रविधि चोरी आरोपमा चिनियाँ गुप्तचरलाई २० वर्ष जेल सजाय

हिमाल प्रेस २ मंसिर २०७९ ५:५५ | Friday, November 18, 2022
अमेरिकी प्रविधि चोरी आरोपमा चिनियाँ गुप्तचरलाई २० वर्ष जेल सजाय

काठमाडौँ– अमेरिकी अदालतले अमेरिकी र फ्रान्सेली एयरोस्पेस फर्मबाट प्रविधि चोरी गरेको अभियोगमा एक चिनियाँ गुप्तचरलाई बुधबार २० वर्षको जेल सजाय सुनाएको छ।

विश्वको अग्रणी विमान इन्जिन निर्मातामध्येको एक ‘जीई एभिएसन’ र इन्जिन विकासमा जीईसँग काम गरिरहेको फ्रान्सको सफ्रान समूहबाट व्यावसायिक गोपनीयता चोरी गर्न चिनियाँ राज्य समर्थित पाँच वर्षीय योजनामा प्रमुख भूमिका खेलेको आरोप अभियुक्त जु यान्जुनमाथि लगाइएको थियो।

सन् २०१८ को अक्टोबरमा ओहायोको सिनसिनाटीस्थित संघीय अदालतमा जीई एभिएसनमा मुद्दा दायर गरिएका दुई गुप्तचर अधिकारीसहित ११ जना चिनियाँ नागरिकमध्ये उनी एक थिए। चीनको विदेश मन्त्रालयले बिहीबार शुमाथि लगाइएको आरोपलाई ‘विशुद्ध बनावटी’ भनेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, ‘हामी अमेरिकालाई कानुनअनुसार निष्पक्ष रूपमा मुद्दा चलाउन र चिनियाँ नागरिकको वैध अधिकार र हितको रक्षा गर्न आग्रह गर्दछौं।’

चीनको राज्य सुरक्षा मन्त्रालयका गुप्तचर अधिकारीलाई अप्रिल २०१८ मा बेल्जियममा पक्राउ गरिएको थियो। उनलाई संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गरिएको थियो।

उनलाई नोभेम्बर ५, २०२१ मा आर्थिक जासूसीको प्रयास, व्यापार गुप्त चोरीको प्रयास र दुई सम्बन्धित षडयन्त्रको अभियोगमा दोषी ठहर गरिएको थियो।

न्याय मनत्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जुले अमेरिकी उड्डयन कम्पनीहरूलाई निशाना बनाएका थिए, चीन भ्रमणका लागि कर्मचारी भर्ती गरेका थिए र चीनको सरकारका तर्फबाट उनीहरूको स्वामित्वको जानकारी मागेका थिए।

ओहायोका संघीय अभियोजक केनेथ पार्करले भने, ‘यो घटनाले स्पष्ट सन्देश दिएको छ : हामी अमेरिकी व्यापार गोपनीयता चोर्न खोज्ने जो कोहीलाई पनि जवाफदेही बनाउनेछौं।

प्रकाशित: २ मंसिर २०७९ ५:५५ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast