हेर्नुहोस् आजकोे मुद्राको विनिमय दर

हिमाल प्रेस २७ फागुन २०८० ५:३८ | Sunday, March 10, 2024
हेर्नुहोस् आजकोे मुद्राको विनिमय दर राष्ट्र बैंक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य हिजोकै यथावत छ। अर्थात् शनिबार भएको कारबोर मूल्यमै आज पनि विदेशी मुद्राको कारोबार हुने नेपाल राष्ट्र बैंकले जनाएको छ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। शुक्रबार र शनिबार पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो।

त्यसैगरी आजको लागि युरो १ को खरिदर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। हिजो पनि युरोको कारोबार यही मूल्यमा भएको थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७० रुपैयाँ ३२ पैसा निर्धारण भएको छ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ।

आजको लागि बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १८ पैसा निर्धारण भएको छ।

प्रकाशित: २७ फागुन २०८० ५:३८ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast