चेम्बर एक्स्पो-२०२४ सुरु

हिमाल प्रेस २४ फागुन २०८० १८:२२
16
SHARES
चेम्बर एक्स्पो-२०२४ सुरु

काठमाडौँ-  नेपाल चेम्बर अफ कमर्सको आयोजनामा काठमाडौंमा चेम्बर एक्स्पो २०२४ सुरु भएको छ। सातौँ चरणको चेम्बर एक्स्पो २०२४ फागुन २८ गते सम्म काठमाडौंको भृकुटिमण्डपमा चल्ने छ।

एक्स्पोको श्रममन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गरे। उनले स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्न एक्स्पोले मद्दत गर्ने विश्वास व्यक्त गरे। कठिन रहेको नेपाली अर्थतन्त्रलाई चलायमान बनाउनका लागि नेपालको व्यापार व्यवसाय तथा स्वदेशीलाई विश्वसामू उजागर गर्न समेत सहयोग पुग्ने उनको भनाइ छ।

प्रर्दशनीमा हस्तकलाका वस्तु, घर–जग्गा व्यवसायी, खाद्य एवम् पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, सवारी साधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरूको स्टल रहेका छन्। एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ५० भन्दा बढी स्टल रहेको छ।

प्रकाशित: २४ फागुन २०८० १८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast