
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर र दिनारको मूल्य घटेको छ भने बेलायती पाउन्ड, युरोपियन युरो, अस्ट्रेलियन डलर, सहित धेरै विदेश मुद्राको मूल्य भने बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९४ पैसा थियो।
आजको लागि युरो १ को खरिदर १४३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा थियो।
त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६१ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३३ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ १२ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ०७ पैसा थियो।
आजको लागि बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ७५पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६४ पैसा थियो।