आजको विदेशी मुद्राको विनिमय दर

हिमाल प्रेस २१ फागुन २०८० ५:४२
22
SHARES
आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा अरु धेरैजसो विदेशी मुद्राको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। यो हिजोकै दर हो। अमेरिकी डलरको मूल्य विगत तीन दिनदेखि घटवढ भएको छैन।

त्यसैगरी आज युरोपियन युरो, बेलायती पाउन्डसहितका विदेशी मुद्राको मूल्य भने बढेको छ।

आजको लागि युरो १ को खरिदर १४३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ १४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७९ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ९९पैसा र बिक्रीदर ४३१ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ८९ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६६ पैसा थियो।

प्रकाशित: २१ फागुन २०८० ५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =