ज्योतिषीले जुराएको साइतमा बालुवाटार सर्दै प्रचण्ड

हिमाल प्रेस १३ पुष २०७९ १३:०९ | Wednesday, December 28, 2022
ज्योतिषीले जुराएको साइतमा बालुवाटार सर्दै प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास छोडेसँगै आजै प्रचण्ड बालुवाटार जाने भएका हुन्।

प्रचण्डलाई बालुवाटार सर्नका लागि ज्योतिष टिकाराम घिमिरेले साँझ पाँच बजेको समय जुरेको जानकारी गराएका छन्। माओवादीका एक नेताका अनुसार प्रचण्ड आफैँले साइत हेर्न नलगाएको तर ज्योतिषले भने साइत निकालेर सोही समयमा बालुवाटार आउन भनेर सुझाव दिएका हुन्।

प्रकाशित: १३ पुष २०७९ १३:०९ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast