त्रिविमा नामिबिया र नेदरल्यान्ड्स भिड्दै

हिमाल प्रेस १७ फागुन २०८० ७:४८ | Thursday, February 29, 2024
त्रिविमा नामिबिया र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँ- टी-२० त्रिदेशीय क्रिकेट शृंखलाको तेस्रो खेलमा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दैछन्।

खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ। त्रिदेशीय शृंखलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन्।

टी–२० श्रृंखलामा नेदरल्यान्ड्स र नामिबिया पहिलो खेल खेल्न लागेका हुन्। यसअघि दुवै देशले नेपालसँग खेलिसकेका छन्।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा हिजो नेदरल्यान्ड्ससँग दुई रनले हारेको थियो।

प्रकाशित: १७ फागुन २०८० ७:४८ | Thursday, February 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast