
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी र अस्ट्रेलियन डलर, दिनारसहितका विदेशी मुद्राको मूल्य घट्दा युरो र पाउन्डसहितका केही मुद्राको मूल्य भने बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ।
हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०१ पैसा मै कारोबार भएको थियो। तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ६२ र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ २७ र बिक्रीदर १४३ रुपैयाँ ९२ पैसा थियो।
त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६७ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रुपैयाँ १२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ २७ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ०५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २७ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २२ पैसा थियो।
आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ८४ पैसा थियो।