ज्योति विकास बैंकले आधारभूत विद्यालयलाई दियो डेस्क बेन्च

हिमाल प्रेस १४ फागुन २०८० १९:३६ | Monday, February 26, 2024
ज्योति विकास बैंकले आधारभूत विद्यालयलाई दियो डेस्क बेन्च

काठमाडौँ- ज्योति विकास बैंकले गोलबजार वडा नं. १० धर्मपुर, सिराहास्थित आधारभूत विद्यालयलाई २५ थान डेस्क बेन्च प्रदान गरेको छ। बैंकको सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत डेस्क बेञ्चहरू प्रदान गरेको हो।

बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सिकाइ वातावरण अभिवृद्धि तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका गोलबजार शाखाका शाखा प्रबन्धक भुवन धमलाद्वारा गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठ, गोलबजार वडा नं. १० का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष उपेन्द्र मुखियाको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक मधुराम महतोलाई उक्त डेस्क बेञ्चहरू हस्तान्तरण गरिएको हो।

प्रकाशित: १४ फागुन २०८० १९:३६ | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast