यस्तो छ आगामी आवको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता

हिमाल प्रेस १४ फागुन २०८० १४:२४ | Monday, February 26, 2024
यस्तो छ आगामी आवको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्। उनले प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्।

महतले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तय गर्दा नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक, संविधानमा निर्दिष्ट राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई प्रमुख मार्गदर्शनका रूपमा लिएको बताए।

साथै सोह्रौँ योजनामा प्रस्ताव गरिएका नीति, २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि लिनुपर्ने रणनीति, सन् २०३० सम्म हासिल गर्नुपर्ने दिगो विकास लक्ष्य तथा दिगो र फराकिलो आर्थिक वृद्धिका आधार तयार गर्नुपर्ने विषयलाई महत्त्वपूर्ण सन्दर्भका रूपमा लिएको डा. महतले बताए।

प्रकाशित: १४ फागुन २०८० १४:२४ | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast