कामना सेवा बैंकले महिला समूहलाई दियो एकदिने वित्तीय साक्षरता

हिमाल प्रेस १३ फागुन २०८० २०:४९ | Sunday, February 25, 2024
कामना सेवा बैंकले महिला समूहलाई दियो एकदिने वित्तीय साक्षरता

सुर्खेत- कामना सेवा विकास बैंक सुर्खेत शाखाले महिला समूहलाई एकदिने वित्तीय साक्षरता कार्यक्रम गरेको छ।

वीरेन्द्रनगर-७, ईत्राम गाउँका ४० घरधुरीका महिला समूहलाई वित्तीय साक्षरता सम्बन्धी बैंकले एक दिने कार्यक्रम गरेको हो।

बैंकले ईत्राम गाउँ नौलो सुधार टोलका महिला समुहलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णय गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ कार्यक्रम गरिएको सुर्खेत शाखा प्रमुख तिलकप्रसाद जैसीले बताए।

कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, आधुनिक बैंकिङ र आधुनिक बैंकिङमा अपनाउनुपर्ने सतर्कतालगायत विषयमा साक्षरता प्रदान गरेको थियो।

उक्त कार्यक्रममा बैंकका रिजिनल सपोर्ट हरिस अवस्थी र सम्बन्ध प्रबन्धक तपेन्द्र रोकायाले आधुनिक बैंकिङ उत्पादन उपयोगबारे जानकारी दिएका थिए।

प्रकाशित: १३ फागुन २०८० २०:४९ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast