भूकम्पपीडितलाई क्यानको २० लाख सहयोग

हिमाल प्रेस १२ फागुन २०८० ११:४० | Saturday, February 24, 2024
भूकम्पपीडितलाई क्यानको २० लाख सहयोग

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्पपीडितका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ। आज बिहान प्रधानमन्त्रीलाई भेटेर क्यानका पदाधिकारीले सहयोग बुझाएका हुन्।

सहयोग रकम आईसीसी टी-२० विश्वकप २०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम क्यानले सहयोग गरेको हो।

प्रतियोगिताकै बेला गरेको बाचा अनुसार उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको क्यानले जानकारी दिएको छ।

 

प्रकाशित: १२ फागुन २०८० ११:४० | Saturday, February 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast