अनेरास्ववियुका नेता जोशीमाथि कुटपिट

हिमाल प्रेस १२ फागुन २०८० ९:१४ | Saturday, February 24, 2024
अनेरास्ववियुका नेता जोशीमाथि कुटपिट

काठमाडौँ- अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा स्वास्थ्य विभाग प्रमुख कमल जोशीमाथि कुटपिट भएको छ।

अनेरास्ववियु क्याम्पस कमिटीद्वारा शुक्रबार अस्कल क्याम्पसमा आयोजित कार्यक्रममा सहभागी भएर निस्किँदै गर्दा नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीको टोलीले कुटपिट गरेर घाइते बनाएको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए।

‘आक्रमणको अनेरास्ववियु निन्दा र भर्त्सना गर्दछ’ पौडेलले विज्ञप्ति मार्फत भनेका छन्, ‘तत्काल सीसीटीभी फुटेजको सहयोगमा दोषीलाई पक्राउ गरेर कारबाही अघि नबढाए प्रतिरोधमा उत्रिने चेतावनी दिन चाहान्छौँ।’

अस्कल क्याम्पसमा पटक पटक भइरहेको आपरधिक गतिविधिलाई अन्त्य नगरे निर्णायक लडाइँका लागि संगठन तयार रहेको उनले उल्लेख गरेका छन्।

कुटपिटमा संलग्नलाई राज्यको संरक्षण मिलेको आरोप अनेरास्ववियुले जनाएको छ। क्रान्तिकारीलाई र प्रहरी प्रशासनको संरक्षणमा गुन्डागर्दी गर्न दिइएको जिकिर अनेरास्ववियुले गरेको छ।

प्रकाशित: १२ फागुन २०८० ९:१४ | Saturday, February 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast