प्रधानमन्त्री सर्लाही जाँदै

हिमाल प्रेस १२ फागुन २०८० ८:४० | Saturday, February 24, 2024
प्रधानमन्त्री सर्लाही जाँदै

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार सर्लाही जाँदैछन्।

बागमती नगरपालिकाले पहिलो पटक आयोजना गरेको बृहत् शैक्षिक तथा साँस्कृतिक महोत्सवमा सम्बोधन गर्न प्रधानमन्त्री सर्लाही जान लागेका हुन्।उनले महोत्सवमा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए।

नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्री बागमतीस्थित सेनाको क्याम्पमा अवतरण गरेपछि कार्यक्रम स्थलमा पुग्ने तय भएको छ।

नगरको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत तीन हजार विद्यार्थी र करिब १५ हजार अभिभावकलाई सहभागी गराई शैक्षिक तथा साँस्कृतिक महोत्सव आयोजना गर्न लागेको नगरपालिकाले जनाएको छ। महोत्सव बिहान ११ः३० बजे सुरु हुनेछ।

 

प्रकाशित: १२ फागुन २०८० ८:४० | Saturday, February 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast