ज्योति बैंकले एक विद्यालयलाई दियो दुई स्मार्टबोर्ड

हिमाल प्रेस १० फागुन २०८० २०:५५ | Thursday, February 22, 2024
ज्योति बैंकले एक विद्यालयलाई दियो दुई स्मार्टबोर्ड

काठमाडौँ- ज्योति विकास बैंकले नुवाकोटस्थित विदुर नगरपालिका-५ मा रहेको शहीद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई दुई थान इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ। बैंकले सो बोर्ड संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत् वितरण गरेको हो।

बैंकले अन्तरक्रियात्मक सिकाइ विधिहरू मार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा सूचना प्रविधि सम्बन्धी सीप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय शिक्षाको लागि अनुकूल वातावरण बनाउन र विद्यार्थीहरूको अध्ययनप्रतिको रुचिमा विकास गराउने हेतुले उक्त स्मार्टबोर्डहरू प्रदान गरेको जनाएको छ।

विद्यालयमा आयोजित एक कार्यक्रममा हाम्रो विकास प्रवद्र्धन कोषका संयोजक सुरेन्द्रबहादुर नेपालीले विद्यालयकी प्रधानाध्यापक मञ्जु चित्रकारलाई सो स्मार्टबोर्डहरू हस्तान्तरण गरेका हुन्।

प्रकाशित: १० फागुन २०८० २०:५५ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast