६५ जना मात्रै सांसद उपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित

हिमाल प्रेस १० फागुन २०८० १४:०९ | Thursday, February 22, 2024
६५ जना मात्रै सांसद उपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित प्रतिनिधिसभाको बैठक।

काठमाडौँ– गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक बिहीबार स्थगित गरिएको छ। प्रतिनिधिसभा राजनीतिक दलसम्बन्धी छलफल भइरहेको थियो। संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधिसभा बैठकमा एक चौथाई सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ।

गणपूरक संख्या यकिन गर्दा ६५ जना मात्रै उपस्थित भएपछि बाँकी कार्यक्रम कार्यसूचीबाट हटाएको जानकारी बैठकमा सभामुख देवराज घिमिरेले दिएका थिए। उनले भने, ‘प्रस्ताव पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा हाल माननीय सदस्यहरूको संख्या ६५ रहेकाले गणपूरक संख्या पुगेन। आजको कार्यसूचीको बाँकी कार्यक्रम सूचीबाट हटाइएको छ।’ प्रतिनिधिसभा २७५ सदस्यीय छ।

यसअघि एमालेका सांसद महेश बर्तौलाले संविधानको धारा ९४ बमोजिम बैठकमा गणपूरक संख्या यकिन गर्न माग गरेका थिए। त्यसपछि तीन मिनेट घण्टी बजाई सभामुखले गणपूरक संख्या यकिन गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार ११ बजे बस्नेछ।

प्रकाशित: १० फागुन २०८० १४:०९ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast