काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला ४०० रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ४०० सय रुपैयाँ नै घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित: १० फागुन २०८० ११:३८ | Thursday, February 22, 2024
प्रतिक्रिया



