‘सिम्पल सिम्पल कान्छिको डिम्पल पुरेछ’

हिमाल प्रेस १० फागुन २०८० ११:१५ | Thursday, February 22, 2024
‘सिम्पल सिम्पल कान्छिको डिम्पल पुरेछ’

काठमाडौँ– लोकप्रिय गीत ‘सिम्पल सिम्पल कान्छिको’ दोस्रो भाग सार्वजनिक भएको छ। गीतकार शंकर अधिकारी ‘घायल’ले १५ वर्षपछि दोस्रो भाग सार्वजनिक गरेका हुन्।

‘अन्दाज’ फिल्ममा समावेश गरिएको पहिलो भाग गायकगायिका दीपक लिम्बू र माण्डबी त्रिपाठीले गाएका थिए। वसन्त सापकोटाले संगीत भरेको गीतको गीतको भिडियोमा अभिनेत्री रेखा थापा र जीवन लुँइटेलले अभिनय गरेका थिए।

दुई साताअघि सार्वजनिक भएको दोस्रो भागलाई पनि दर्शकले मन पराएका छन्। युट्युबमा १३ लाख भन्दा बढिले हेरिसकेका छन्। भने छ सय भन्दा बढिले सकारात्मक प्रतिक्रिया दिएका छन्।

नित्याशिवा र राजन श्रेष्ठको स्वर रहेको गीतमा बाबुल गिरीले संगीत भरेका छन्। गीतमा बाबुलकै संगीत संयोजन छ। राजिव शाहले मिक्सिङ गरेको गीत म्युजिक सिटी स्टुडियोमा रेकर्ड गरिएको हो।

सौरभ लामाले छायांकन गरेको गीतको भिडियोमा छुटेको माया अचानक बाटोमा भेट हुँदाको रमाइलो पललाई देखाउन खोजिएको छ। माइकल चन्दले निर्देशित भिडियोमा कलाकार किरण केसी, दीपाश्री निरौला, बालकलाकार रोनिश खड्का र प्रनिता रोकायाको रोमान्टिक अभिनय देख्न सकिन्छ।

माइकल स्टेप अप र आर्टस् एकेडेमीको कोरियोग्राफी र शीलन लम्सालले सम्पादन गरेको गीत गायक राजन श्रेष्ठको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

यस्तो छ गीत

 

प्रकाशित: १० फागुन २०८० ११:१५ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast