हिट भएको १५ वर्षपछि ‘सिम्पल सिम्पल कान्छी’ युट्युबमा

हिमाल प्रेस १८ मंसिर २०८० १६:०३
106
SHARES
हिट भएको १५ वर्षपछि ‘सिम्पल सिम्पल कान्छी’ युट्युबमा

काठमाडौँ– लोकप्रिय गीत ‘सिम्पल सिम्पल कान्छी’ युट्युबमा सार्वजनिक भएको छ। चर्चित गीत १५ वर्षपछि ओएसआर मुभिजबाट सार्वजनिक गरिएको हो।

यो गीत ‘अन्दाज’ फिल्ममा समावेश गरिएको थियो। फिल्म प्रदर्शन भएसँगै गीतले निकै चर्चा पाएको थियो। आज पनि गीत चर्चित छ।

गीत दीपक लिम्बू र माण्डबी त्रिपाठीको स्वर रहेको गीतमा वसन्त सापकोटाले संगीत भरेका थिए। गीतको भिडियोमा अभिनेत्री रेखा थापा र जीवन लुँइटेलले अभिनय गरेका छन्।

अभिनेत्री रेखालाई नै हेरेर गीत लेखेको सर्जक शंकर अधिकारी ‘घायल’ले बताउँदै आएका छन्। ‘मैले नायिका रेखालाई नै हेरेर यो गीत लेखेको थिए।’ गीतकार शंकर अधिकारी ‘घायल’ले भने, ‘संयोगवंश अहिले रेखाकै फिल्म ‘उपहार’मा पनि मेरै शब्द रहेको ‘वाह! वाह!! वाह!!!’ गीत चर्चित बनिरहेको छ।’

फिल्म ‘उपहारः द जर्नी अफ लाइफ’ आगामी फागुन २५ मा प्रदर्शन हुनेछ।

प्रकाशित: १८ मंसिर २०८० १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =