कांग्रेसको महासमिति बैठकको बन्द सत्र सुरु

हिमाल प्रेस ८ फागुन २०८० ११:११ | Tuesday, February 20, 2024
कांग्रेसको महासमिति बैठकको बन्द सत्र सुरु

गोदावरी- नेपाली कांग्रेसको महासमिति बैठकको बन्द सत्र सुरु भएको छ।

ललिपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको हलमा महासमिति बैठकको दोस्रो दिन बन्द सत्र सुरु भएको हो। राजनीतिक स्थायित्व रुपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता भन्ने मुल नाराका साथ पार्टी महासमिति बैठक सोमबार जारी छ।

बन्द सत्र सुरु भएलगत्तै उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव बाचन गरिरहेका छन्। आजै महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव पेस गर्नेछन्।

यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन, अर्थमन्त्री समेत रहेका प्रवक्ता प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भाबी दिशा सम्बन्धी प्रतिवेदन लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्नेछन्।
महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ।

प्रकाशित: ८ फागुन २०८० ११:११ | Tuesday, February 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast