हिन्दु राष्ट्र महाअभियानमा शशांकले गरे हस्ताक्षर

हिमाल प्रेस ८ फागुन २०८० ११:०३ | Tuesday, February 20, 2024
हिन्दु राष्ट्र महाअभियानमा शशांकले गरे हस्ताक्षर

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले हिन्दु राष्ट्र महाअभियानमा हस्ताक्षर गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी नेतृत्वमा हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियान महासमिति सदस्यहरूको हस्ताक्षर संकलन केन्द्रमा मंगलबार कोइरालाले हस्ताक्षर गरेका हुन्।

यसैगरी अर्का पूर्वमहामन्त्री एवम् पूर्वसभामुख तारानाथ रानाभाटले पनि अभियानमा हस्ताक्षर गरेका छन्। महासमिति सदस्यहरूले बैठकको सभा हल अगाडि ‘धर्म निरपेक्ष राष्ट्र खारेज गरेर धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु राष्ट्र नेपाल’ को पक्षमा हस्ताक्षर महाअभियान चलाएका छन्।

हस्ताक्षर संकलन केन्द्रमा रहेका कांग्रेस काठमाडौँका महाधिवेशन प्रतिनिधि दिवस ढुंगेलका अनुसार अहिलेसम्म ३१ जना केन्द्रीय सदस्य र ४०० जना महासमिति सदस्यले महाअभियानमा हस्ताक्षर गरिसकेका छन्। हस्ताक्षर अभियान बैठक अवधिभर सञ्चालन गरेर महासमिति बैठकमा प्रस्तावका रूपमा पेस गरिने महाअभियानका सहसंयोजक एवम् प्रवक्ता लोकेश ढकालले बताए।

प्रकाशित: ८ फागुन २०८० ११:०३ | Tuesday, February 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast