विश्वकप तयारीका लागि नेपालले भारतका प्रान्तीय टोलीसँग अभ्यास खेल खेल्ने

हिमाल प्रेस ८ फागुन २०८० ७:०३ | Tuesday, February 20, 2024
विश्वकप तयारीका लागि नेपालले भारतका प्रान्तीय टोलीसँग अभ्यास खेल खेल्ने

काठमाडौँ- नेपालको राष्ट्रिय क्रिकेट टोलीले टी-२० विश्वकप तयारीका लागि भारतको दुई प्रान्तीय टोलीसँग मैत्रीपूर्ण प्रतियोगिता खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार नेपालको राष्ट्रिय टोलीसँगै बरोडा र गुजरात क्रिकेट संघको टोलीले त्रिकोणात्मक टी-२० प्रतियोगिता खेल्नेछन्।

प्रतियोगिता मार्च ३१ देखि अप्रिल ७ सम्म चल्नेछ।

टी२० विश्वकपको लागि तयारी गर्ने लक्ष्यसहित प्रतियोगितामा नेपालले सहभागिता जनाउन लागेको हो। भारतमा हुने प्रतियोगिता ओमानमा अप्रिल १० देखि सुरु हुने एसीसी प्रिमियर कपको तयारीको रूपमा पनि रहनेछ।

नेपालको टोलीले फेब्रुअरी २७ देखि मार्च ५ सम्म त्रिवि मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग श्रृंखला खेल्दैछ।

त्यसपछि टोली हङकङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। त्यहाँ ओमान, पीएनजी र स्थानीय टोलीसँग क्वाड्रान्गुलर श्रृंखला खेलेपछि नेपाल भारत प्रस्थान गर्नेछ।

प्रकाशित: ८ फागुन २०८० ७:०३ | Tuesday, February 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast