एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुँदै

हिमाल प्रेस ८ फागुन २०८० ५:४४ | Tuesday, February 20, 2024
एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुँदै एमाले सचिवालय बैठक। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए। उनका अनुुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन्।

साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ।

कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए।

एमालेको सातौँ केन्द्रीय कमिटी बैठक आज देखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ। बैठक बिहान ११ बजे बस्ने तय भएको छ।

प्रकाशित: ८ फागुन २०८० ५:४४ | Tuesday, February 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast