केन्द्रद्वारा द्वन्द्वपीडित छात्रवृत्तिदेखि कार्यालय सहयोगीसम्मको विवरण माग

हिमाल प्रेस ७ फागुन २०८० १३:४३ | Monday, February 19, 2024
केन्द्रद्वारा द्वन्द्वपीडित छात्रवृत्तिदेखि कार्यालय सहयोगीसम्मको विवरण माग

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमा लागि विवरण माग गरेको छ।

सबै शिक्षा विकास तथा समन्वय एकाइलाई गत बुधबार पत्र पठाउँदै केन्द्रले द्वन्द्वपीडित छात्रवृत्तिदेखि कार्यालय सहयोगीसम्मको क्रियाकलापको विवरण माग गरेको हो।

अन्य क्रियाकलापमा सहिदका छोराछोरीका लागि छात्रवृत्ति, स्वीकृत दरबन्दीबाट स्थायी पद रिक्त भइ सेवा करार गर्नुपर्ने भएमा, हलुका सवारी चालक, कार्यालय भवन निर्माण रहेका छन्।

पत्रमा भनिएको छ,‘आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनले तपशिलका कार्यक्रमका अतिरिक्त चालु आवमा स्वीकृत कार्यक्रममा अनिवार्य दायित्वका क्रियाकलाप समेत संसोधन थप घट गर्नुपर्ने भएमा सोही अनुसार उल्लेख गरी २०८०/११/१५ भित्र प्रमाणित प्रतिको हार्डकपी, सफ्टकपी (एक्सेल सिट)  यस केन्द्रको शाखाको [email protected] इमेल ठेगाना मा अनिवार्यरूपमा उपलब्ध गराइदिनुहुन अनुरोध छ।’ सो विवरणबारे केन्द्रले यही फागुन २ गते निर्णय गरेको थियो।

प्रकाशित: ७ फागुन २०८० १३:४३ | Monday, February 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast