बैंकबारे जानकारी : किन बैंकमा केवाईसी भर्नुपर्छ?

हिमाल प्रेस ६ फागुन २०८० ७:४० | Sunday, February 18, 2024
बैंकबारे जानकारी : किन बैंकमा केवाईसी भर्नुपर्छ?

ग्राहक पहिचानका लागि भरिने फारम नै केवाईसी फारम हो। यसलाई अंग्रेजीमा नो योर कस्टुमर भनिन्छ।

बैंकले आफ्ना ग्राहकको सम्पूर्ण विवरण राख्ने एक किसिमको फाराम हो। केवाईसी नियम अनुसार बैंकहरूले आफ्ना ग्राहकको सम्पूर्ण जानकारी राख्नु पर्दछ।

बैंकमा खाता खोल्दा अनिवार्य रूपमा केवाईसी फाराम भर्नु पर्दछ। केवाईसी फाराममा आफ्नो फोटो, परिचयपत्र, ठेगाना र पारिवारिक विवरण पूर्ण रूपमा खुलाउनु पर्दछ। बचत खाता खोल्न बचत खाता खोल्ने फाराम, फोटो र आवासको प्रमाण (जस्तैः धारा, टेलिफोन वा बिजुलीको रसिद) आवश्यक पर्छ ।

त्यससँगै बैंकमा केवाईसी फाराम भरेर खाता खोल्न सकिन्छ । यसरी बैंकले ग्राहकबाट धेरै सूचना वा जानकारी लिँदा आफ्ना ग्राहक बारे बैंकलाई धेरै जानकारी हुन गई बैंक ग्राहकसँगको सम्बन्ध र कारोबारमा ढुक्क हुन्छ । बैंकले ग्राहक पहिचानसँग सम्बन्धित विवरण राम्रोसँग राखेको छ भने आवश्यक परेको बेलामा ग्राहकलाई सजिलै सम्पर्क गर्न सक्दछ।
विभिन्न सन्चारमाध्यमबाट साभार

प्रकाशित: ६ फागुन २०८० ७:४० | Sunday, February 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast