जापानले गर्‍यो एच–थ्री रकेटको सफल परीक्षण

हिमाल प्रेस ५ फागुन २०८० १६:३६ | Saturday, February 17, 2024
जापानले गर्‍यो एच–थ्री रकेटको सफल परीक्षण फाइल तस्बिर

टोकियो- जापानको अन्तरिक्ष निकाय (जाक्सा) ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ। बर्सौंको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको छ। नयाँ पुस्ताको एच–थ्रीलाई स्पेसएक्सको फाल्कन ९ को प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत गरिएको छ र यसले एक दिन चन्द्रमाको सतहमा सामान पुर्‍याउने काम गर्नसक्छ।

जाक्साका अध्यक्ष हिरोशी यामाकावाको भनाइ छ,‘म लामो समयदेखि अन्तरिक्ष अभियानमा छु,तर मैले पहिले कहिल्यै पनि यति धेरै खुसी महसुस गरेको थिइन् र मैले कहिल्यै पनि यति राहत महसुस गरेको थिइन्।’ जापानले गत महिना चन्द्रमामा मानवरहीत यानको सफल अवतरण गरेपछि जापान चन्द्रमाको सतहमा यान अवतरण गर्ने पाँचौं देश बनेको छ।

दक्षिणपश्चिमी जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार बिहान ९:२२ बजे एच–थ्री प्रक्षेपण गरिएको थियो। एजेन्सीको लाइभ स्ट्रिममा एच–थ्रीको इन्जिनले अपेक्षाकृतरूपमा काम गरेको र रकेटले यसलाई अन्तरक्षिको कक्षमा प्रवेश गराएको घोषणा गरेपछि जाक्सा कन्ट्रोल सेन्टरबाट ताली र आवाजद्वारा खुसी व्यक्त गरिएको चर्को आवाज सुनिएको थियो। रासस/एएफपी

प्रकाशित: ५ फागुन २०८० १६:३६ | Saturday, February 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast