भुर्तेलको कुशल बलिङका बाबजुत नेदरल्याण्ड्स १३७ रनमा सीमित

हिमाल प्रेस ५ फागुन २०८० १२:२५ | Saturday, February 17, 2024
भुर्तेलको कुशल बलिङका बाबजुत नेदरल्याण्ड्स १३७ रनमा सीमित

काठमाडौँ- कुशल भुर्तेलको उत्कृष्ट बलिङका बाबजुत नेदरल्याण्ड्सलाई नेपालले १३७ रनमा रोकेको छ। आईसीसी विश्वकप लिग- २मा भुर्तेलले ४ विकेट लिएसँगै नेदरल्याण्ड्स १३७ रनमै अलआउट भएको हो।

कीर्तिपुर मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेदरल्याण्ड्स ३९ ओभरमा सबै विकेट गुमाएको हो।

नेपालका लागि ललित राजवंशीले १० ओभरमा ३२ रन खर्चिएर २ विकेट लिए। फास्ट बलर सोमपाल कामीले नेपाललाई खेलमा पहिलो विकेट दिलाउँदा कप्तान रोहित पौडेलले समेत एक विकेट लिए।

नेदरल्याण्ड्सको इनिङ्समा कप्तान स्कट एडवर्डसले सर्वाधिक ३३ रन बनाए। उनलाई भुर्तेलले बोल्ड गरेका थिए । बास डी लिडे २७ र साइब्रान्ड एनगेलब्रेक्टले २३ रनको योगदान दिए। अन्य ब्याटरको प्रर्दशन उल्लेख्य रहन सकेन।

दुवै टिम सन् २०२७ को विश्वकप छनोटको रुपमा रहेको लिग-२ को प्रतिस्पर्धामा उत्रिएका हुन्। नेपालले पहिलो खेल नामिबियासँग गुमाएको थियो। दोस्रो इनिङ्सको खेल केही बेरमा सुरु हुनेछ।

प्रकाशित: ५ फागुन २०८० १२:२५ | Saturday, February 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast