अर्थतन्त्र सुधार र सुशासन विकास सरकारको प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस ११ पुष २०७९ २०:५२ | Monday, December 26, 2022
अर्थतन्त्र सुधार र सुशासन विकास सरकारको प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल।

काठमाडौँ– धानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार अर्थतन्त्र सुधार र सुशासनमा प्रतिबद्धताका साथ लाग्ने बताएका छन्। मन्त्रिपरिषद्को पहिलो बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्।

‘खस्कँदो अर्थतन्त्र सुधार गर्न, लाइसेन्स र पासपोर्ट लिन जनताले घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउन, सेवा पाउनका लागि जनताले ठाउँ-ठाउँमा पाएका दु:ख कम गर्न सरका प्रतिबद्ध छ,’ उनले भने।

सरकारलाई यी काम पूरा गर्न धेरै चुनौतीहरू रहे पनि निर्वाचनमा विजयी भएका दलहरूको प्रतिनिधित्वलाई मन्त्रिपरिषद्ले समेटेकाले सरकारलाई काम गर्न सबैको सहयोग मिल्ने उनले बताए। प्रचण्डले सोमबार (आज) अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेपछि मन्त्रिपरिषद्को पहिलो बैठक बसेको हो।

बैठकले सरकारले केही दिनमा नै प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय पनि गरेको प्रधानमन्त्री प्रचण्डले बताए।

प्रकाशित: ११ पुष २०७९ २०:५२ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast