शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

हिमाल प्रेस २ फागुन २०८० १६:४२ | Wednesday, February 14, 2024
शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा– गण्डकी प्रदेश स्थापनाको अवसरमा प्रदेश सरकारले शुक्रबार (४ फागुन) मा सार्वजनिक बिदा दिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सूचना जारी गर्दै शुक्रबार बिदा दिइएको जनाएको हो। उक्त दिन गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको कार्यालयका प्रवक्ता उपसचिव प्रवीण ढकालले बताए।

तत्कालीन २०७४ फागुन ४ मा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ ग्रहण गरी पदभार गरेको दिनलाई सरकारले स्थापना दिवसरुपमा मनाउँदै आएको छ।

प्रकाशित: २ फागुन २०८० १६:४२ | Wednesday, February 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast