विधानमाथि सामूहिक छलफल जारी, अपराह्न २ बजे निष्कर्ष पेस गरिने

हिमाल प्रेस २ फागुन २०८० १३:१२ | Wednesday, February 14, 2024
विधानमाथि सामूहिक छलफल जारी, अपराह्न २ बजे निष्कर्ष पेस गरिने

काठमाडौँ- नेकपा माओवादी केन्द्रको प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ।

मंगलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको हो।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १३, पार्टी मुख्यालय पेरिसडाँडामा पाँच तथा जमलस्थित राष्ट्रिय नाचघर र प्रदेश कार्यालयमा एक–एक वटा समूह छलफलमा केन्द्रित रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।

मुख्यसचिव ढकालका अनुसार आज अपराह्न १ बजेसम्म सामूहिक छलफल हुनेछ भने २ बजे प्रज्ञा प्रतिष्ठानमा बस्ने बैठकमा समूहका नेताले विधानमाथिको छलफलका निष्कर्ष पेस गर्नेछन्।

एउटा समूहमा ५० देखि ५५ जना सदस्य छन्।

प्रकाशित: २ फागुन २०८० १३:१२ | Wednesday, February 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast