माओवादी केन्द्रको विधान सम्मेलन जारी, समूहगत निर्णय सुनाइँदै

हिमाल प्रेस २ फागुन २०८० ८:२४ | Wednesday, February 14, 2024
माओवादी केन्द्रको विधान सम्मेलन जारी, समूहगत निर्णय सुनाइँदै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा २० समूह बनाएर छलफल भइरहेको छ।

सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना छुट्टयाइएर विधान मस्यौदमा छलफल प्रारम्भ गरिएको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए। माओवादीको विधान अधिवेशन मंगलबारदेखि राजधानीमा सुरु भएको थियो।

बुधबार अपराह्न १ बजेसम्म समूहगत छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न निर्देशन दिइएको छ। २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरूप दिइनेछ ।

बिहीबारसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ।

सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारीको सहभागिता छ।

प्रकाशित: २ फागुन २०८० ८:२४ | Wednesday, February 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast