शपथलगत्तै पार्टी कार्यालय पुगे प्रचण्ड, सिंहदरबार आएर पदभार ग्रहण गर्ने

हिमाल प्रेस ११ पुष २०७९ १८:४४ | Monday, December 26, 2022
शपथलगत्तै पार्टी कार्यालय पुगे प्रचण्ड, सिंहदरबार आएर पदभार ग्रहण गर्ने फाइल तस्बिर।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनियताको शपथ लिएलगत्तै कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्क पुगेका छन्। त्यहाँ रहेको पुष्पलालको सालिकमा माल्यार्पण गरेर उनी पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्र पार्टी कार्यालय पुगेर सहिद तथा वेपत्ताहरूको स्मृतिस्तम्भमा माल्यार्पण गरेको प्रचण्ड सचिवालयले जनाएको छ।

पेरिसडाँडामा माओवादी नेता/कार्यकर्ताहरूले दिने बधाई तथा शुभकामना लिएर उनी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यकक्ष पुगी पदभार ग्रहण गर्ने स्वकिय सचिव रमेश मल्लले जानकारी दिए। पदभार ग्रहण गरेलगत्तै प्रचण्डले मन्त्रीपरिषद्को पहिलो बैठकको नेतृत्व गर्ने पनि उनले बताए।

प्रकाशित: ११ पुष २०७९ १८:४४ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast