प्रचण्डले भने : कांग्रेसले धोका दियो, गठबन्धनमा समीक्षा हुन्छ, भोलि जनयुद्ध दिवस मनाएरै छोड्छौँ

हिमाल प्रेस २९ माघ २०८० १५:४४ | Monday, February 12, 2024
प्रचण्डले भने : कांग्रेसले धोका दियो, गठबन्धनमा समीक्षा हुन्छ, भोलि जनयुद्ध दिवस मनाएरै छोड्छौँ

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा नेपाली कांग्रेसले धोका दिएको टिप्पणी गरेका छन्। केन्द्रीय कमिटी बैठकमा दाहालले कोशी प्रदेश सरकार गठनको विषय निकाल्दै कांग्रेसले धोका दिएको बताएका हुन्।

उनले भने, ”कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ। हामी इमान्दार भयौँ। गठबन्धनबाट जहिले नै धोका भइरहेको छ।’ दाहालले फागुन १ गते (भोलि) जनयुद्ध दिवस मनाएरै छोड्ने पनि बताए। ‘हामी अदालतको सम्मान गर्छौं, भोलि जनयुद्ध दिवस पनि मनाउछौँ’ दाहालले भने।

दाहालले माओवादी समाजवाद दिशातर्फ केन्द्रित भएको पनि बताए। उनले पहिचान नामले भन्दा पनि कामले गर्दा हुने बताए। माओवादी नामले मात्रै केही नहुने भन्दै केन्द्रीय समिति बैठकमा पार्टीको नाम परिवर्तनका लागि तयार हुन निर्देशन दिए।

उनले भने, ‘हाम्रो पहिचान बाँकी रहेको माओवादी नामले नै हो भनिन्छ,तर नाम होइन काम ठूलो हो। नामले मात्र केही हुँदैन, काम अनुसार पार्टीको नाम चाहिन्छ।’ दाहालले माओवादीको पार्टी पंक्तिले थाहै नपाइकन वर्ग छाडेको बताए।

प्रकाशित: २९ माघ २०८० १५:४४ | Monday, February 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast