काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।
काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक आज पनि बिहान ११ बजेदेखि सुरु हुनेछ।
केन्द्रीय कमिटी बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा र भोलिदेखि सुरु हुने विधान सम्मेलनबारे छलफल मुख्य एजेन्डा राखिएको छ।
आइतबार प्रदेश इन्चार्जहरूले विशेष रूपान्तरण अभियानको रिपोर्ट प्रस्तुत गरेका थिए।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ।
प्रकाशित: २९ माघ २०८० ८:०६ | Monday, February 12, 2024
प्रतिक्रिया





