कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

हिमाल प्रेस २८ माघ २०८० १७:१० | Sunday, February 11, 2024
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। फागुन ३ गते पार्टी मुख्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको सम्बन्धमा केन्द्रित रहेर छलफल हुनेछ।

फागुन ३ गते बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति रहने बताइएको छ।

प्रकाशित: २८ माघ २०८० १७:१० | Sunday, February 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast