मस्यौदामाथि छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

हिमाल प्रेस २८ माघ २०८० ७:१३ | Sunday, February 11, 2024
मस्यौदामाथि छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिन शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ।

बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने गरी तय गरिएको सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

प्रवक्ता सापकोटाका अनुसार, बैठक आज (आइतबार) र सोमबार दुई दिनसम्म चल्नेछ। बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी विशेष अभियान’माथि विशेष समीक्षा गर्ने कार्यसूची छ।

बैठकमा मस्यौदा समितिले बनाएको प्रस्तावित मस्यौदामाथि छलफल हुनेछ। यसअघि स्थायी समितिले पनि मस्यौदामाथि छलफल गरेको थियो। त्यसलाई पूर्णता दिन केन्द्रीय समिति बैठक बोलाइएको हो। मस्यौदाका कतिपय प्रावधानमा नेताहरूले असहमति जनाएका छन्।

यिनै विषयलाई एकरूपता दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठक बोलाएका हुन्। मस्यौदालाई पूर्णता दिएसँगै माओवादीले आउँदो फागुन १ मा विधान अधिवेशन गर्दैछ। सोही अधिवेशनमा केन्द्रीय समितिको तर्फबाट विधान प्रस्तुत हुनेछ। माओवादीले पार्टी इतिहासकै पहिलो पटक विधान अधिवेशन गर्न लागेको हो। मस्यौदा पार्टी उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा बनेको उपसमितिले बनाएको हो।

प्रकाशित: २८ माघ २०८० ७:१३ | Sunday, February 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast