कागतीका फाइदा

हिमाल प्रेस २७ माघ २०८० ८:१६ | Saturday, February 10, 2024
कागतीका फाइदा

कागती बहुउपयोगी र गुणकारी फल हो। कागतीमा रोगको संक्रमणविरुद्ध लड्न सक्ने गुण हुन्छ।

यसले सेता मान्छेमा रक्तकोष उत्पादन गर्न मद्दत गर्छ र रगतलाइ संक्रमण हुनबाट पनि जोगाउन मद्दत गर्छ। कागती ‘एन्टि-अक्सिडेन्ट’ भएकाले शरीरमा रहेको विकारलाई निस्क्रिय पारी स्ट्रोक, मुटुरोग र क्यान्सरजस्ता खतरनाक रोग लाग्ने खतराबाट पनि धेरै हदसम्म जोगाउँछ।

कागतीले ब्ल्डप्रेसर घटाउँछ, पाचन शक्ति बढाउँछ, राम्रो कोलेस्टेरोल बढाउँछ , भोक जगाउँछ र शरीरमा स्फूर्ति बढाउँछ। यसमा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ। दालसँग कागती प्रयोग गर्दा यसले शरीरलाई लौहतत्वको शोषण गर्न मद्दत गर्छ। सधैं कागती खाने घरमा मानिस अन्यको तुलनामा कम बिरामी हुन्छन् भन्ने मान्यता पनि छ।

कागतीको जुसले छालालाई सुन्दर र कोमल पनि बनाउछ। ‘हट लेमन’ले पाचनप्रक्रियालाई सहज र कलेजो सफा पार्छ।

कागतीको रसले टाउको मालिस गर्दा टाउको दुखेको निको हुन्छ। कपालमा चाया परेको छ भने कागतीको रसले मालिस गर्दा चाया कम हुन्छ।

वाकवाकी लागेको समयमा कागतीको टुक्रा काटेर चाट्नाले वाकवाकी कम हुन्छ। उच्च रक्तचाप भएका बिरामीले एक चम्चा कागती एक कप पानीमा मिसाएर खाने गर्नाले राम्रो हुन्छ।

घाँटी दुख्दा वा रुघा लाग्दा उमालेको पानीमा कागती र मह मिसाएर पिउनाले बिमार निको हुन्छ। कागतीको रस पानीमा हालेर कुल्ला गर्नाले मुख गन्हाउने समस्या हट्छ। त्यस्तै मुखको घाउ र दाँतबाट रगत आउने निको हुन्छ।

पसिना गन्हाउने समस्या भएकाहरूले पानीमा दुई चम्चा कागतीको रस राखेर नुहाउने, नुहाइ सकेपछि कागतीको बोक्रा काखी र खुट्टामा दल्ने गर्दा समस्या कम हुन्छ।

जुम्रा पर्दा पनि कागतीको प्रयोग गर्न सकिन्छ। दुई चम्चा जति कागतीको रस र एक–दुई चम्चा लसुनको लेदो बनाएर तीन–चार घण्टासम्म टाउकामा यसको लेदोले मसाज गर्दा जुम्रा मर्छ

प्रकाशित: २७ माघ २०८० ८:१६ | Saturday, February 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast