त्रिकोणात्मक टी-२० श्रृंखला फागुन १५ बाट, नेपालको पहिलो खेल नामिबियासँग

हिमाल प्रेस २७ माघ २०८० ७:५३ | Saturday, February 10, 2024
त्रिकोणात्मक टी-२० श्रृंखला फागुन १५ बाट, नेपालको पहिलो खेल नामिबियासँग फाइल तस्बिर

काठमाडौँ- नेपालले त्रिकोणात्मक टी-२० श्रृंखलाको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ। घरेलु मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) ले श्रृंखलाको खेल तालिका सार्वजनिक गरेको हो । डबल राउण्ड रोबिनका आधारमा हुने उक्त श्रृंखलामा नेपालले दोस्रो खेल फागुन १६ गते नेदरल्याण्ड्ससँग खेल्नेछ।

यसैगरी नेपालले लिग चरणको तेस्रो खेल फागुन १८ गते नामिबियासँग तथा लिग चरणको अन्तिम खेल फागुन १९ गते नेदरल्यान्ड्ससँग खेल्ने तय भएको क्यानले जनाएको छ। फागुन २२ गते
श्रृंखलाको फाइनल खेल हुनेछ।

प्रकाशित: २७ माघ २०८० ७:५३ | Saturday, February 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast