एसीसी वुमन्स प्रिमियर कप : हङकङसँग खेल्दै नेपाल

हिमाल प्रेस २७ माघ २०८० ७:४१ | Saturday, February 10, 2024
एसीसी वुमन्स प्रिमियर कप : हङकङसँग खेल्दै नेपाल

काठमाडौँ- एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले पहिलो खेल आज हङकङसँग खेल्दैछ। मलेसियामा आजदेखि सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेलमा हङकङसँग खेल्न लागेको हो।

मलेसियामा हङकङविरुद्ध नेपालकी कप्तान इन्दु वर्माले टस जितेर पहिला पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन्। हालसम्म पहिलो इनिङ्सको ६ ओभरको खेल सकिँदा हङकङ २ विकेट गुमाएर १३ बनाएर खेलिरहेको छ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले फेब्रुअरी १० देखि १८ सम्म गर्ने प्रतियोगितामा समूह ‘डी’ मा नेपालसहित हङकङ, भूटान र माल्दिभ्स छन्।

समूह ‘ए’मा थाइल्यान्ड, म्यानमार, कुवेत र सिंगापुर, समूह ‘बी’मा यूएई, चीन, ओमान र जापान तथा समूह ‘सी’मा इन्डोनेसिया, बहराइन, मलेसिया र कतार रहेका छन्।

४ समूहका शीर्ष २-२ टोलीको क्वाटरफाइनल प्रतिस्पर्धा हुनेछ। फाइनल पुग्ने २ टोलीले आउँदो वुमन्स एसिया कप खेल्न पाउनेछन्।

प्रकाशित: २७ माघ २०८० ७:४१ | Saturday, February 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast